काठमाडौँ । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा
काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चारै जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण गर्नेमा रत्नबहादुर बागचन्द,चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन काँग्रेस बाध्य हुने बताएका हुन् । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका
काठमाडौँ ।राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सरकारी सेवा प्रवाहसँग जोडिने क्रम तिब्र बनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १५ वटा सरकारी तथा सार्वजनिक निकायका सूचना प्रणालीसँग अन्तरआवद्धता कायम गरी सेवा सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतदेखि स्थानीय तहसम्मका निकायले समेत राष्ट्रिय परिचयपत्र प्रणालीसँग आफ्नो सेवा अन्तरआवद्धता गर्न
काठमाडौं । काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडाइ गरेको छ। सडक दुर्घटना बढ्दै गएको र यात्रुको सुरक्षामा जोखिम देखिएको भन्दै जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार
काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आईतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् । नेपाल मौसम विज्ञान विभागकी मौसमविद्
काठमाडौँ। के तपाइँ पनि शौचालय वा बाथरुममा बस्दा मोबाइल चलाउने, सामाजिक सञ्जाल हेर्ने वा भिडियो स्क्रोल गर्दै लामो समय बिताउने गर्नुहुन्छ ? यदि यस्तो बानी छ भने आजैदेखि सतर्क हुनुहोस्। सामान्य लाग्ने यो बानीले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार शौचालयमा आवश्यकताभन्दा बढी समय बिताउँदा मलद्वार वरिपरिका रक्तनलीमा दबाब
काठमाडौँ।नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन् । बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीयस्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई नेपाली कांग्रेसको केन्द्रिय योजनामा समेट्नुपर्ने बताएका छन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता मनिष झाले जानकारी दिएका छन् ।