२६ जेठ, कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ । अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले सङ्घर्ष गरिरहेका छन् । सङ्घर्ष समितिको आह्वानमा आज गेटा क्षेत्रमा रहेको अत्तरिया बजार बन्द गर्नुका साथै मेडिकल कलेजको
२६ जेठ, एजेन्सी । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। । घाइतेहरू १४ देखि १८ वर्षका किशोरहरू रहेको र ती प्रायः साइप्रस, टमबल, ह्युस्टन, स्प्रिंग शाखा, सान एन्टोनियो लगायतका क्षेत्रमा भ्रमण
२६ जेठ, काठमाडाैँ । सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण शुरू भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए
२६ जेठ, नेपालगञ्ज । नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताए ।
२६ जेठ, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्ने दुई विधेयक स्वीकृतिका लागि मन्त्रीपरिषद्मा लैजाने गरी तयार भएका छन्। प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक संस्थाका रूपमा बेग्लाबेग्लै निकाय बनाउने गरी तयार पारिएका विधेयकको मस्यौदामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयले अध्ययन गरेर राय,
२६ जेठ, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो । जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह
२६ जेठ, पाल्पा । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो । रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिकरूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका हुन्
२६ जेठ, एजेन्सी । चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । "हिजो (बुधवार) साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद भएको छ," यो एक सेनाको विज्ञप्तिमा भनिएको छ।
२६ जेठ, बैतडी । बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको पातबाट क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व बन्ने गरेको बताइन्छ। सङ्घ र प्रदेश सरकारको अगुवाइमा लौठसल्ला संरक्षण गर्न जडीबुटीको प्राकृतिक व्यवस्थापन संरक्षण कार्यक्रम लागु भएको छ। डिभिजन वन कार्यालय
२६ जेठ, काठमाडाैँ । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् । भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले बिहीबार