Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने


२३ असार, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० गते आज (शनिबार) एक सूचना जारी गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।

बोर्ड अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

विद्यार्थीले ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाईमा पेस गर्नुपर्ने छ ।

त्यस्तै, परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ ।

यसैगरी, एसईई परीक्षामा आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले साउन ५ गतेसम्म निवेदन दिनुपर्ने पनि बोर्डले जनाएको छ ।

गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो । जसमा २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?