Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

‘युरोपको शान्तिका लागि नाटो बाधक हो’


२३ असार, एजेन्सी । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् ।

सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए । “इयूको स्थापना अन्तर–युरोपेली द्वन्द्वबाट बच्न भएको हो, इयूका सदस्य राष्ट्रले यो हासिल पनि गरेका छन् तर हामी अमेरिकी सैन्य हस्तक्षेपबाट मुक्त हुन सकेनौं,” युरोपेली देशका विदेश नीतिका कारण संयुक्त राज्य अमेरिका र उसका नाटो सहयोगीको सशस्त्र सैन्य हस्तक्षेपप्रति विमति जनाउँदै उनले भने ।

नाटो संयुक्त राज्य अमेरिका र पश्चिमी पूँजीवादी गुटको सशस्त्र शाखा बनेको,शीतयुद्धको अन्त्यपछि नाटोले आफूखुशी हस्तक्षेप र बमबारी गर्न थालेपछि युद्ध र क्षेत्रीय द्वन्द्व बढेका, निःशस्त्रीकरण र शान्तिसम्बन्धी विषयमा पैरवी गर्ने बार्सिलोनामा मुख्यालय रहेको स्वतन्त्र अनुसन्धान केन्द्रका विज्ञ ओर्टेगा ठोकुवा गर्छन् । शीत युद्धको अन्त्य पछि नाटोले नयाँ शत्रुहरू खोजिरहेको उनले बताए ।

नेटोले पूर्वसोभियत सङ्घका नेता मिखाइल गोर्बाचेभलाई रुसको सिमानामा विस्तार नगर्ने वाचा गरेको तर त्यसलाई उसले पूरा नगरेको आर्टेगाको भनाइ छ । सन् १९९० को दशकदेखि नाटोको पूर्वतर्फ विस्तार र यसले रुसमाथि थपेको दबाबका कारण युक्रेन सङ्कट निम्तिएको उनी बताउँछन् ।

ओर्टेगाका अनुसार विस्तारवादी नीतिको अधिकांश देशहरूले विरोध गरिरहेका छन् । विश्वलाई अझ खतरनाक ठाउँ बनाउनु र टकरावतर्फ अघि बढ्नुको सट्टा साझा सुरक्षाको ग्यारेन्टी गर्ने साझेदारीतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले संयुक्त राष्ट्रसङ्घ र अन्तरराष्ट्रिय समुदायले अवलम्बन गर्नुपर्ने बाटो पनि त्यही भएको तर्क गरेका छन् ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?