२६ जेठ, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षी सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्
२६ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न
२६ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा
२६ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउने र अन्तरिम आदेश दिनुपर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न यही जेठ ३० गते
२६ जेठ, दाङ । दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । त्यस्तै घोराही उपमहानगरपालिका, लमही
२६ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ
२६ जेठ, जुम्ला । यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको
२६ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा
२६ जेठ, काठमाडाैँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । शुक्रबार आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न पाँच विषयमाथि छलफल भएको छ । बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन प्रारम्भ गर्ने
२६ जेठ, काठमाडाैँ । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा