Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

समाचार


नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

७ असार, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सञ्चालकमा नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।

हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने

७ असार, काठमाडाैँ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते

सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेट

७ असार, काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको

भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग

७ असार, काठमाडाैँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार सङ्घकोतर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिए । उनले भने, “रिट दायर भएको छ,

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

७ असार, काठमाडाैँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी

ट्र्याक्टर नजाने बाटोमा बस गुड्न थाले

७ असार, बागलुङ । सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो । काठेखोलामा पुल नहुँदासम्म बर्खाका

उच्च अदालतको अन्तरिम आदेश – हिन्दी फिल्म चल्न रोक नलगाउनू

७ असार, काठमाडाैँ। पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ

७ असार, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा  सम्बोधन गर्न सकिएको जानकारी

सन्दीप लामिछानेले लिए वेष्ट इण्डिजको तेस्रो विकेट

७ असार, काठमाडाैँ । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । १५.३ ओभरमा नेपाललाई तेस्रो सफला दिँदै लामिछानेले विकेट लिएका हुन् । यसअघि करण केसीले दोस्रो ओभरको

लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबारमा संलग्न गराउने पक्राउ

७ असार, काठमाडाैँ । चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा पर्याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ । उनीहरले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौँबाट कोलकात्ता, थाइल्याण्ड हुँदै लाओस्को बोया प्रोभिन्सस्थित गोल्डेन ट्रियाङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्याइ बन्धक बनाएर अनलाइन लभ

सम्वन्धित समाचारहरु