Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड


८ श्रावण, काठमाडाैँ । सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उनले बताए । यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गरेका छन् कोषले जनाएको छ । यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।

आजै प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । बेलुकीको आरतीमा मुख्यसचिव डा वैकुण्ठ अर्याल सहभागी हुने कार्यक्रम रहेको पनि जनाइएको छ । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ ।

पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघट पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताए । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् ।

प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?