Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

इजरायली प्रधानमन्त्री नेतन्याहूको ‘स्वास्थ्य अवस्था’ मा सुधार


८ श्रावण, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पेसमेकर प्रत्यारोपणका लागि गरिएको शल्यक्रियापछि चिकित्सकहरूले आइतबार उनको स्वास्थ्य अवस्था राम्रो रहेकोे जनाएका छन् ।

नेतन्याहूले मुटुको चाललाई नियमित राख्ने पेसमेकर प्रत्यारोपण गर्न लागेको शनिबार एक भिडियो सन्देशमार्फत् जानकारी गराएका थिए । उनले भने, “एक हप्ता अघि मैले एउटा मुटुको गतिविधि हेर्न ‘मोनिटरिङ डिभाइस’ राखेको थिए र यो डिभाइसले आज साँझ मलाई पेसमेकर आवश्यक रहेको सूचना दिएको थियो ।”

शल्यक्रियापछि शेबा मेडिकल सेन्टरले आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उहाँ कार्डियोलोजी विभागमा निगरानीमा रहेको जनाएको छ ।

उनको कार्यालयले आइतबार भनेको छ, “यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र नेतन्याहूलाई केही दिनभित्र डिस्चार्ज गर्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूको स्वास्थ्य अवस्थाका कारण यसअघि यसै साताको अन्त्यमा हुने तय गरिएको टर्की र साइप्रसको भ्रमण स्थगित गरिएको छ भने अहिलेसम्म कुनै नयाँ मिति तय भएको छैन । उपप्रधानमन्त्री यारिभ लेभिनले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक पूधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएको उहाँको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?