Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

इजरायली प्रधानमन्त्री नेतन्याहूको ‘स्वास्थ्य अवस्था’ मा सुधार


८ श्रावण, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पेसमेकर प्रत्यारोपणका लागि गरिएको शल्यक्रियापछि चिकित्सकहरूले आइतबार उनको स्वास्थ्य अवस्था राम्रो रहेकोे जनाएका छन् ।

नेतन्याहूले मुटुको चाललाई नियमित राख्ने पेसमेकर प्रत्यारोपण गर्न लागेको शनिबार एक भिडियो सन्देशमार्फत् जानकारी गराएका थिए । उनले भने, “एक हप्ता अघि मैले एउटा मुटुको गतिविधि हेर्न ‘मोनिटरिङ डिभाइस’ राखेको थिए र यो डिभाइसले आज साँझ मलाई पेसमेकर आवश्यक रहेको सूचना दिएको थियो ।”

शल्यक्रियापछि शेबा मेडिकल सेन्टरले आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उहाँ कार्डियोलोजी विभागमा निगरानीमा रहेको जनाएको छ ।

उनको कार्यालयले आइतबार भनेको छ, “यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र नेतन्याहूलाई केही दिनभित्र डिस्चार्ज गर्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूको स्वास्थ्य अवस्थाका कारण यसअघि यसै साताको अन्त्यमा हुने तय गरिएको टर्की र साइप्रसको भ्रमण स्थगित गरिएको छ भने अहिलेसम्म कुनै नयाँ मिति तय भएको छैन । उपप्रधानमन्त्री यारिभ लेभिनले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक पूधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएको उहाँको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?