Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

श्रीलङ्कासँग १ लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल माैजदात


८ श्रावण, एजेन्सी । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलङ्कासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएकी छन् ।

राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा एक लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल र छ हजार १९२ मेट्रिक टन सुपर डिजेल रहेको जानकारी दिइन् ।

श्रीलङ्कासँग ३५ हजार ४०२ मेट्रिक टन ओक्टेन ९२, पाँच हजार ३६७ मेट्रिक टन अक्टेन ९५ पेट्रोल र ३० हजार १७३ मेट्रिक टन जेट इन्धन मौज्दात रहेको उक्त अवसरमा उनले बताए ।

श्रीलङ्काले आगामी महिना पुनः सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको छ, जुन यस वर्षको तेस्रो वृद्धि हो ।

विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?