Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

आर्थिक गतिविधिमा सुधार आउने अर्थमन्त्री महतको विश्वास


८ श्रावण, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताएका छन् । उनले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त गरे । उनले देशको विकासलाई केन्द्रमा राखेर गठबन्धन सरकार अघि बढेको बताउँदै विगतको जस्तो आर्थिक निराशाको वातावरण अन्त्य हुन थालेकोले अव देशमा आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा. महतले तत्कालका लागि श्रोतमा केही कमी रहे पनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउने बित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने विश्वास व्यक्त गरे । उनले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?