Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

आर्थिक गतिविधिमा सुधार आउने अर्थमन्त्री महतको विश्वास


८ श्रावण, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताएका छन् । उनले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त गरे । उनले देशको विकासलाई केन्द्रमा राखेर गठबन्धन सरकार अघि बढेको बताउँदै विगतको जस्तो आर्थिक निराशाको वातावरण अन्त्य हुन थालेकोले अव देशमा आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा. महतले तत्कालका लागि श्रोतमा केही कमी रहे पनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउने बित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने विश्वास व्यक्त गरे । उनले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?