२२ असार, काठमाडौँ । केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताए ।
२२ असार, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तक्र्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरिन् ।
२२ असार, राैतहट । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो । लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ । लिमिटेडले स्थानीय
२२ असार, कास्की । पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ । यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा आएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो । गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिराले लगभग एक सय
२२ असार, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ । गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । “हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने
२२ असार, काठमाडाैँ । एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको
२२ असार, काठमाडाैँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका
२२ असार, पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो
२२ असार, काठमाडाैँ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १ हजार ३
२२ असार, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा संलग्न भेटिएका सबैमाथि कारबाही हुने बताएका छन् । ‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री