Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

२२ वर्षअघि गाउँ छोडेर भारत गएको हुम्लाको परिवार पहिरोमा परेर बेपत्ता


२२ श्रावण, एजेन्सी । भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका हुम्लाका तीन जनाको पहिचान खुलेको छ । उहाँहरू पहिरोमा परी बेपत्ता भएको पाँच दिनपछि प्रहरी गाउँमा पुगेर आफन्तसँग बुझ्दा पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मल्लले केदारनाथ पहिरोमा परी बालसम्म बेपत्ता भएका तीन जना हुम्लावासी रहेको बताए । उनका अनुसार तीनै जना खार्पुनाथ गाउँपालिका वडा–३ को राया गाउँवासी रहेका छन् ।

पहिरोमा परी बेपत्ता भएका व्यक्तिमा राया गाउँका ६५ वर्षका वीरबहादुर रावल, उनकी श्रीमती ५५ वर्षकी सुमित्रा रावल र २५ वर्षकी छोरी निशा रावल रहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । यसअघि भारतीय सञ्चारमाध्यममा ठेगाना स्पष्ट भएका तर नाम पूरा नभएकाको विवरण सार्वजनिक भएपछि प्रहरी गाउँमै पुगेर यथार्थ विवरण ल्याउने काम गरेको हो ।

बेपत्ताका स्थानीय देवी रावलले २२ वर्ष अगाडि उनिहरू गाउँ छाडेर भारत गएको बताउँदै उनि होटेल व्यवसाय गरिरहेको बताए । यसअघि सो पहिरोमा एकै घरका सातजनासहित गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको थियो । हालसम्म पहिरोमा परी पातारासी गाउँपालिका –२ र ३ कै तीन जना मृतकको सनाखत भइसकेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?