Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

२२ वर्षअघि गाउँ छोडेर भारत गएको हुम्लाको परिवार पहिरोमा परेर बेपत्ता


२२ श्रावण, एजेन्सी । भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका हुम्लाका तीन जनाको पहिचान खुलेको छ । उहाँहरू पहिरोमा परी बेपत्ता भएको पाँच दिनपछि प्रहरी गाउँमा पुगेर आफन्तसँग बुझ्दा पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मल्लले केदारनाथ पहिरोमा परी बालसम्म बेपत्ता भएका तीन जना हुम्लावासी रहेको बताए । उनका अनुसार तीनै जना खार्पुनाथ गाउँपालिका वडा–३ को राया गाउँवासी रहेका छन् ।

पहिरोमा परी बेपत्ता भएका व्यक्तिमा राया गाउँका ६५ वर्षका वीरबहादुर रावल, उनकी श्रीमती ५५ वर्षकी सुमित्रा रावल र २५ वर्षकी छोरी निशा रावल रहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । यसअघि भारतीय सञ्चारमाध्यममा ठेगाना स्पष्ट भएका तर नाम पूरा नभएकाको विवरण सार्वजनिक भएपछि प्रहरी गाउँमै पुगेर यथार्थ विवरण ल्याउने काम गरेको हो ।

बेपत्ताका स्थानीय देवी रावलले २२ वर्ष अगाडि उनिहरू गाउँ छाडेर भारत गएको बताउँदै उनि होटेल व्यवसाय गरिरहेको बताए । यसअघि सो पहिरोमा एकै घरका सातजनासहित गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको थियो । हालसम्म पहिरोमा परी पातारासी गाउँपालिका –२ र ३ कै तीन जना मृतकको सनाखत भइसकेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?