१० श्रावण, बारा । श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएको राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन् । स्थानीय जाहिर चुडीहारका ज्वाइ भारत बिहार राज्यको पूर्वी चम्पारण
१० श्रावण, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निरीक्षकको मृत्यु भएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका
१० श्रावण, एजेन्सी । एक महिनासम्म सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री किन गाङलाई मङ्गलबार पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले किनलाई पदबाट हटाउने र उनको स्थानमा उनभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ
१० श्रावण, काठमाडाैँ । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । बुधबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर हुन आउनेबारे सूचना जारी गर्दै गैरहाजिरी रहेका प्रहरी हवल्दार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह
१० श्रावण, एजेन्सी । सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मङ्गलबार खार्तुम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ । खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका
१० श्रावण, एजेन्सी । तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् । सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको
१० श्रावण, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व सङ्कलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै
१० श्रावण, काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य
१० श्रावण, नेपालगञ्ज । नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइपिपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जेठ २० गते भारतको राजधानी नयाँदिल्लीबाट एकीकृत जाँच चौकीको उद्घाटन गरेका थिए । उद्घाटनको बेला दुवै देशका मालबाहक
१० श्रावण, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पुर्याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिए । “रोपेको धानबालीमा गबारो कीराले क्षति पुर्याएपछि