२० श्रावण, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।
२० श्रावण, काठमाडाैँ । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर
२० श्रावण, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् । ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेकका बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि रू पाँच करोड लगानी भइसकेको चन्दले
२० श्रावण, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो । पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताए । ‘सुरुसुरुमा एक दुईवटा मकै खाने
२० श्रावण, काभ्रे । बनेपामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई क्लबको सहकार्यमा फुटबल एकेडेमी स्थापना गरिएको छ । बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा उक्त एकेडेमी स्थापना गरिएको हो । एकेडेमीले आफ्नो स्थापनासँगै सातदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षणसमेत दिन सुरु गरेको छ । एकेडेमीले हाल ६० बालबालिकालाई
२० श्रावण, चितवन । चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी
२० श्रावण, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पर्ने रुप्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गर्नुभएको छ। उहाँले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह
२० श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गरी आजदेखि साउन ३० गतेसम्म हुन लागेको पार्टीको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने
२० श्रावण, तनहुँ । तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर
२० श्रावण, रूपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१०, पानबारीमा बन्दै गरेको कञ्चन पुलको आधा भाग बाढीले बगाएको छ। सैनामैना रिङरोड अन्तर्गत पर्ने उक्त पुल बनाउन थालेको दुई वर्ष पूरा भएको छ। तीन वर्षभित्रैमा निर्माण सम्पन्न हुने भनिएको पुलको आधा भाग हालै आएको बाढीले भत्काएको हो। स्थानीयवासी पुल बाढीले भत्काएपछि अब यहाँ