Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

राष्ट्र सङ्घ विरोधी प्रदर्शनमा कङ्गोमा ५० जनाको मृत्यु


१५ भदाै, एजेन्सी । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्र सङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ ।

कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिक विरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्ताबेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् ।

त्यस्तै अर्का एक सवारी चालकले अहिले पनि सहरमा गतिविधि ठप्प रहेको बताए । उनले प्रदर्शन गर्न मात्र पुगेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको बताए । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?