Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

भारतमा त्रौमासिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि


१५ भदाै, एजेन्सी । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को महामारीपछि यसको वृद्धिदर ७.२ प्रतिशतले वृद्धि भएको हो । र, विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा माथि रहेको छ ।

बिहीवार सार्वजनिक तथ्याङ्कअनुसार आर्थिक वर्षको चार वटा त्रैमासिकमध्ये सबैभन्दा उच्च रहेको देखाएको छ । सरकारी तथ्याङ्कले वित्तीय, रियल इस्टेट र व्यावसायिक सेवा क्षेत्रको लागि १२.२ प्रतिशतको वार्षिक वृद्धि देखाउँछ ।

अन्य देशहरू जस्तै भारत पनि विश्वव्यापी वित्तीय अवस्था, युक्रेनको युद्ध र भूराजनीतिक तनावजस्ता विश्वव्यापी हेडविन्डहरूबाट प्रभावित भएको छ ।

भारतको केन्द्रीय बैङ्कले यसै महिना खाद्य पदार्थको उच्च मूल्य वृद्धिले घरायसी बजेटमा असर पारेको र अझ खराब हुने अनुमान गरिएको थियो ।

मुद्रास्फीति जूनमा ४.८१ प्रतिशतसम्म पुगेको थियो, जुन गत वर्षको ७.७९ प्रतिशतको उच्च विन्दुबाट अझै पनि तल झरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ६.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?