Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आज वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ हुँदै


१५ भदाै, काठमाडाैँ । बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुती रहने छ । उहाँसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुती रहने छ ।

स्रष्टा रायमाझीले मार्मिक कथा व्यथामा आधारित सयौँ गीत आमश्रोतमाझ पस्किएका छन् । उनका  ‘मलाई सम्झी रेलिमै (कार्गील)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपूल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नेछन् ।

नेपालका सबैभन्दा बढी कलाकार आवद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् । हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उनले दाबी गरिन् । स्रष्टा रायमाझीको प्रस्तुती सुन्न देशभरीबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानकी अध्यक्ष थापा मगरले बताइन् ।

प्रज्ञा प्रतिष्ठानमा प्रवेश पासको व्यवस्था गरिएको तथा हल बाहिर प्रतिष्ठान परिसरमा पनि टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कोषाध्यक्ष एवम् गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिए । विवाहमा छोरीलाई बिदाई गर्ने बेला बुवाले दिने आशिर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत पनि आजै सार्वजनिक गर्न लागिएको उनले बताए ।  साथै आगामी कात्तिक ३ गतेदेखि प्रदर्शन गर्न लागिएको स्रष्टा रायमाझीको  नयाँ चलचित्र ‘परदेशी–२’ डेमो प्रदर्शन गर्न लागिएको कोषाध्यक्ष अधिकारीले बताए ।

स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा साधनारत हुनुहुन्छ । गीत सङ्गीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोक सङ्गीतका  क्षेत्रमा समर्पित बरिष्ठ कलाकारका रुपमा लिइन्छ । बुबा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिनुभएका रायमाझीका दाई लक्ष्मण रायमाझी र भाई दुर्गा रायमाझी पनि चर्चित कलाकार छन् । दाई लक्ष्मणको केही बर्ष अगाडि निधन भइसकेको छ । भाई दुर्गा प्रतिष्ठानको पूर्व अध्यक्ष तथा हाल सल्लाहकार छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?