Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बर्खा सकिएपछि लाखाैँ जनता सडकमा उतार्छाैँ : प्रधानमन्त्री प्रचण्ड


१५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि लाखाैँ जनता सडकमा उतार्ने बताएका छन् ।

बिहीबार सुर्खेतको एक कार्यक्रममा सम्बोभन गर्ने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति, एकता र भ्रष्टारविरोधको अभियानमा लाखाैँ जनता सडकमा उतार्ने बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रचण्डले भनेका छन्, ‘अहिले सात वटै प्रदेशमा कार्यकर्ता लेभलमा यस्ता घोषणा गरेका  छाैँ । हाम्रो सपना के छ, नेताहरूको भने अब केही समयपछि, बर्खा सिद्धिएपछि लाखाैँ जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाको पक्षमा, सामाजिक न्यायका पक्षमा, भ्रष्टाचारका विरूद्धमा जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ ।’

प्रचण्डले भ्रष्टाचार अन्त्यका लागि सरकारको मात्रै एकल प्रयास सफल नहुने भन्दै जनता पनि जाग्नुपर्ने समेत बताएका  छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?