काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदैछ । एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२
काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए ।
काठमाडौ। प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका
काठमाडौँ । श्रीमतीको निर्मम ढंगबाट हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रिनको गत २७ गते बन्चरो प्रहार गरी हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । झाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । झाले बुधबार न्यायाधीश तीर्थराज केसीको इजलासमा बयान दिएका थिए । इजलासमा झाको बयान सकिएपछि
काठमाडौ। संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिका लागि आज समितिमा निर्वाचन हुँदैछ । यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा
काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । आज राज्य व्यवस्था तथा सुशासन समिति,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ। आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी आजको बैठकमा संस्कृति,
झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको