Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

लागुपदार्थ दुर्व्यसनी बिरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल


काठमान्डौ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनी बिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताए । उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताएका छन्  । उनले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गरेका छन्  ।
उनले भने, ‘दुव्र्यसनीबिरुद्धको अभियान जुन छ, यो अझै प्रभावकारी रुपमा अघि बढाउनुपर्छ । लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको छ । यसलाई कुनै रुपमा समाप्त पार्नुपर्छ । नसकिने कुरा केही पनि छैन । यो सानो देश हो, तीन करोड जनसंख्या छ । यदी प्रत्येक व्यक्तिहरु आफ्नो ठाउँमा इमान्दार भए भने बद्मासलाई तह लगाउन सकिन्छ । तिनीहरुलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरु नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरु हुन् । त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभुति दिने काम गर्नु हुँदैन । दुव्र्यसनीमा फसेकालाई सुधार्ने कोशिस गर्नुपर्छ ।’

अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताएका छन् ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?