Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

समाचार


बढ्न थाल्यो सिमेन्ट निर्यात

१० वैशाख, काठमाडाैँ । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । समीक्षा अवधिमा रु २३

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

१० वैशाख, एजेन्सी । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो । अमृतपाल सिंहलाई

छाप लगाएका २ वटा मतपत्र सहित जसपाका नेपा पक्राउ

१० वैशाख, बारा । २ वटा मतपत्र लिएका जसपाका नेता पक्राउ परेका छन् । बारा-२ अन्तर्गत देवताल गाउँपालिका- ७ मा रहेको मतदान केन्द्रबाट दुईवटा मतपत्र लिएका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रामसागर यादव रहेका छन् । उनको साथबाट प्रहरीले २ वटा छाप लगाएको मतपत्र बरामद गरेको छ

अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु

१० वैशाख, एजेन्सी । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल

निर्वाचन भइरहेको ठाउँमा गएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

१० वैशाख, जनकपुर । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता,

बल्ल पासोमा पर्यो चितुवा

१० वैशाख, काठमाडाैँ । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ११ जना घाइते

१० वैशाख, पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

१० वैशाख, सिरहा । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक

पाल्पामा बस दुर्घटना

१० वैशाख, पाल्पा । पाल्पामा बस दुर्घटना भएको छ । आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो । प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्य सुरू गरेको जानकारी दिइएको छ । विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

अघिल्लोपटकको भन्दा बढी मत ल्याएर जित्ने अपेक्षा छ : रवि लामिछाने

१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत निर्वाचनको भन्दा बढी मत ल्याउने बताएका छन् । उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवार उठेका लामिछानेले जनताको उत्साहले अघिल्लो चुनावभन्दा बढी भोट ल्याएर जित्ने देखिएको बताएका हुन् । उनले सञ्चारकर्मीसँग भने, 'मतदातामा हाम्रो पक्षमा अघिल्लोपटकको भन्दा बढि उत्साह पाएको छु । परिणाममा

सम्वन्धित समाचारहरु