Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ


८ जेठ, रूपन्देही । भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ ।

तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको थियो ।

कार्यालयदेखि करिब सात सय मिटरको दूरीको तीनकुने बाइपासमा सशस्त्र प्रहरी र भन्सारको संयुक्त चेकजाँच टोलीले शङ्का लागि पुनःभन्सार फर्काइ अनुसन्धान गर्दा भन्सार प्रज्ञापनपत्र नै नक्कली बनाइएको भेटिएको हो ।

भन्सार कार्यलयले उक्त ट्रकसहित, चालक, आयतकर्ता, एजेन्ट, बैंकका कर्मचारी र भैरहवा भन्सारको सुरक्षा हेर्ने अन्नपूर्ण टर्मिनल्सका तीनजना कर्मचारी गरी ११ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख मनिराम पौडेलले बताए ।

उक्त माछा काठमाडाैँ पठाउने गरी कृष्ण फिडले आयात गरेकोे थियो । क्वारेन्टिइनबाट माछाको स्वास्थ्य परीक्षणसमेत गराइएको भए पनि प्रज्ञापनपत्र भने नक्कली बनाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

भन्सारकै जाँचकी, अधिकृत कर्मचारीको नक्कली हस्ताक्षर, छाप, राजस्व बुझाएको भौचरसमेत नक्कली बनाएर गाडी निस्किएको थियो । सरकारी कागजात कीर्ते गरी भन्सारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै ट्रक बाहिरिनु गम्भीर विषय भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

उनले भने, “यो गम्भीर प्रकृतिको घटना हो यसप्रकारको घटनाले वैधानिक कारोबार गर्ने व्यवसायीलाई पनि मारमा पारिरहेको छ ।” भैरहवा भन्सारको सुरक्षाको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्सले लिएको छ ।

उक्त प्रकरणमा संलग्नलाई भन्सार ऐन अनुसार कारबाही गरिसकेपछि उक्त अवैध कारोबारमा संलग्नलाई सरकारी कागजात कीर्तेको आरोपमा मुद्दा चलाउने प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?