Trending
>>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

समाचार


सभामुख घिमिरे र अध्यक्ष दाहालको अपिलः संवैधानिक प्रक्रियाबाटै निकास खोजौं

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियामार्फत शान्ति, स्थायित्व, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउँदै अघि बढ्न अपिल गरेका छन् । शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास

जनकपुरधामको जनजीवन सामान्य बन्दै, बढ्दै बजारमा चहलपहल

काठमाडौँ। मधेस प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ । जेन जी पुस्ताको आन्दोलन र प्रदर्शनपछि भएको आगजनी र तोडफोडपछि जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरुमा त्रास पैदा भएको थियो । नेपाल प्रहरीका चौकीहरु जलेर ध्वस्त भएसँगै प्रहरी प्रशासन तहसनहस बन्यो । जसकारण पनि समाजमा त्रास पैदा भएको

व्यवसायी भन्छन्ः ‘जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैँको मुखमा व्यवसाय चौपट भयो’

काठमाडौँ। जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । मुलकमा भ्रष्टाचार नियन्त्रण गर्ने जेन–जी पुस्ताको माग जायज भएपनि आन्दोलनमा राजनीतिक दलहरुको घुसपैठले निजी व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरु चिन्तित बनेका हुन् । आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरुको क्षतिपूर्ति

फरार भएका कैदी तथा थुनुवाहरु अविलम्ब सम्पर्कमा आऊ :नक्खु कारागार प्रशासन

ललितपुर। ललितपुरको नक्खु कारागार प्रशासनले भदौ २४ गते कारागारबाट फरार भएका कैदी तथा थुनुवाको खोजीका लागि आम जनतालाई सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

जेन जी पुस्ताको आन्दोलनपछिको आगजनी र तोडफोडबाट खण्डहर भए कास्कीका सरकारी कार्यालय

काठमाडौँ। जेन जी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु खण्डहर भएका छन् । प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् । आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन

काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिर मानिसहरु निस्किएका छन् । बिहान ६ बजेदेखि ११ बजेसम्म हिँडडुलका लागि वातावरण

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरु खुल्दै

काठमाडौँ।  भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरूलाई नोटिस पठाउँदै काठमाडौं उपत्यकाभित्र बैंकका मुख्य कार्यालयसहित ३ वटा शाखा खोल्न भनेका छन् । त्यस्तै, २/२ वटा शाखा ललितपुर र भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सीमित कर्मचारीसहित संचालन हुनेछन्

संविधान, व्यवस्था र प्रणाली माथि नै खतरा उत्पन्न हुनेगरी षड्यन्त्र हुँदैछः एमाले

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले यतिबेला राष्ट्रका विरुद्ध संविधान, व्यवस्था र प्रणाली माथि नै खतरा उत्पन्न हुनेगरी भयानक षड्यन्त्र हुन खोजिरहेको बताएका छन् । उनले यसतर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोच्न आग्रह गरेका छन् । लोकतान्त्रिक लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृत्तिहरूका

कानून व्यवसायी भन्छन्ः ‘जेन जी पुस्ताको माग व्यवस्था परिवर्तन होइन, आवश्यक परे सडकमा जान तयार छौँ’

काठमाडौँ। कानून व्यवसायीहरुले अहिलेको अवस्थालाई परिवर्तन गर्ने माग जेन जी पुस्ताहरुको भएपनि व्यवस्था परिवर्तन गर्ने माग नरहेको जिकिर गरेका छन् । नेपाल बार एशोसिएशनद्वारा भर्चुअल माध्यमबाट गरिएको बैठकमा बोल्दै कानून व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरले संसद अहिले पनि चालु नै रहेको र संविधानभित्रबाटै समस्याको समाधान निकाल्नुपर्ने बताए । संवैधानिक

निजी क्षेत्रको एउटै स्वरः ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ’

काठमाडौँ। जेन जी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (हान), इप्पान लगायतका संस्थाहरुले अब नयाँ शिराबाट अघि

सम्वन्धित समाचारहरु