Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

समाचार


बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

१३ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ । आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले

केपी ओलीमाथि ढुंगा प्रहार गर्ने एक जना पक्राउ

१३ वैशाख, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । बुधबार झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जानकारी गराएका छन् ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने

१३ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ । गाउँपालिकाका अध्यक्ष मेजर राईले दिएको जानकारी अनुसार गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो लेख्न सुरू गरेको हो । यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरुको शीर्षकमा उल्लेख

साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ, पार्टी कमजोर हुन्छ : केपी ओली

१३ वैशाख, झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे । एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै

घट्यो शेयर बजार

१३ वैशाख, काठमाडाैँ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार

एमाले अध्यक्ष ओलीमाथि ढुंगा प्रहार

१३ वैशाख, काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगा प्रहार भएको छ । बुधबार झापामा आयोजित कार्यक्रममा जाँदा ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओलीमाथि आक्रमणको भएको बताए । 'काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच संसद् अधिवेशन अन्त्य गर्ने विषयमा छलफल

१३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरेर संसद् चालू अधिवेशन अन्त्य गर्ने र छिट्टै बजेट अधिवेशन

युएई सेमिफाइनलमा प्रवेश, बहराइन बाहिरियो

१३ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह

एक किलो गाँजा बोक्दा मृत्युदण्ड

१३ वैशाख, एजेन्सी । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन्

प्रधानमन्त्रीको कार्यकाल दुई पटक गराैँ, सांसद संख्या घटाऔँ : सांसद देवकोटा

१३ वैशाख, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए । उनले भने “प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सासंद वा मन्त्री तीन पटक र पार्टी-दलको नेतृत्व दुई कार्यकालभन्दा

सम्वन्धित समाचारहरु