Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो


११ जेष्ठ ,काठमाडौँ । राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटले पराजित गर्दै विजयी भएको हो ।

कीर्गिस्तानले माल्दिभ्सलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१५ ले हरायो । उक्त प्रतियोगिताअन्तर्गत नेपालले सेमिफाइनल खेलमा भोलि काजकिस्तानको सामना गर्नेछ । नेपाल र काजकिस्तानबीचको खेल अपराह्न पाँच बजे हुनेछ ।

त्यस्तै भोलि नै हुने अर्को सेमिफाइन खेलमा उज्वेकिस्तान र भारत आमने सामने हुनेछन् । उक्त खेल दिउँसो २ः३० बजे हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?