Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो


११ जेष्ठ ,काठमाडौँ । राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटले पराजित गर्दै विजयी भएको हो ।

कीर्गिस्तानले माल्दिभ्सलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१५ ले हरायो । उक्त प्रतियोगिताअन्तर्गत नेपालले सेमिफाइनल खेलमा भोलि काजकिस्तानको सामना गर्नेछ । नेपाल र काजकिस्तानबीचको खेल अपराह्न पाँच बजे हुनेछ ।

त्यस्तै भोलि नै हुने अर्को सेमिफाइन खेलमा उज्वेकिस्तान र भारत आमने सामने हुनेछन् । उक्त खेल दिउँसो २ः३० बजे हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?