Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

बागमती प्रदेशसभामा विनियोजित विधेयकमाथिको छलफल सम्पन्न


११ जेठ, काठमाडाैँ । बागमती प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत विधेयकमाथिको छलफल सकिएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले विनियोजित विधेयकमाथिको उठेका प्रश्नको जवाफ दिँदै सरकारले दलगत स्वार्थ नराखी बजेटमा आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

उनले प्रदेशसभा सदस्यहरुले उठाएको विषयलाई आत्मसात गरी सबै जिल्लालाई सडक सञ्जालमा जोड्ने, बाढीपहिरोबाट प्रभावित हुने क्षेत्रलाई सम्बन्धित निकायमार्फत तटबन्धनको निर्माण गर्न, पीडित परिवारलाई उद्धार गरी पुनःस्थापनलाई तीव्रता दिन सम्बन्धित जिल्ला प्रशासनलाई स्रोतसाधन र निर्देशन पठाइसकेको जानकारी दिए ।

उनले गत वैशाख २५ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सबै राजनीतिक दलका शीर्ष नेतासँग आगामी आवको बजेट बिनियोजनबारे छलफल गर्नुभएको जानकारी दिए । मन्त्री लामाले आगामी आवको बजेटमा सरकारले स्वास्थ्य र शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न रणनीतिक कार्यक्रम समेट्ने बताए ।

प्रदेशका विभिन्न जिल्लामा कृषि उत्पादन, मौसमी तरकारी खेती, पशुपक्षी पालनलाई प्राथमिकतामा राखी दूधजन्य पदार्थलाई सर्वसाधारणको पहुँजमा पुर्याउन किसानलाई अनुदान गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

विनियोजित विधेयक २०८० को लागि सैद्धान्तिक र प्राथमिकतामाथि तीन दिनसम्म भएको छलफलमा सहभागी भई प्रदेशसभाका सदस्यले राखेको सुझावलाई इमान्दारीपूर्वक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने उनको भनाइ छ ।

प्रदेशसभा सदस्यहरुले वन्यजन्तु आरक्ष क्षेत्रको नजिकै पर्ने मानवबस्तीमा हिंस्रक वन्यजन्तुको आक्रमणबाट सर्वसाधारण नागरिकको मृत्यु भएको र ती परिवारलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

साथै प्रदेशसभा सदस्यहरुले आदिबासी जनजाति र दलित बस्तीमा भोकमरीको समस्या उत्पन्न हुने भएकाले तत्कालै उनीहरुलाई कृषि उत्पादनका लागि सिँचाइको प्रबन्ध र ऋण उपलब्ध गराउनुपर्ने र हेटौँडाबाट काठमाडौँ जोड्ने निर्माणधीन कुलेखानी–सिस्नेरी–फाखेल सडकलाई सरकारले अनुगमन गरी यथाशीघ्र निर्माण प्रारम्भ गर्न जोड दिएका थिए ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?