१० वैशाख, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा रोकिएको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा रास्वपाका कार्यकर्ताले निर्वाचन चिह्न बजाउदै आएको भन्दै विपक्षी पार्टीले नाराबाजी गरेपछि १२ बजेदेखि रोकिएको मतदान कार्य अपरान्ह ३:३० बजेबाट सञ्चालनमा आएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलंघन गरेको
१० वैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो । आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन
१० वैशाख, कञ्चनपुर । कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिए
१० वैशाख, कैलाली । मोटरसाइकल दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार बिहीबार साँझ राजपुरको ट्राफिक प्रहरी बिटमा ड्युटी
१० वैशाख, कञ्चनपुर । कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तनले अभिभावक मारमा परेको भन्दै स्थानीय तहले सो कार्य रोक्न प्रयास थालेका हुन । भीमदत्त नगरपालिकाले संस्थागत विद्यालयको
१० वैशाख, एजेन्सी । अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो । अमेरिकी सेनाले आफ्नो आदेशमा सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा
१० वैशाख, काठमाडाैँ । झापा घर भइ हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेकी छन् । पत्रकार स्व. इन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गरेकी हुन् । उनी तीन वर्षयता क्यान्सर रोगसँग
१० वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच
१० वैशाख, लुम्बिनी । बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको
१० वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए । त्यसका कारण आवतजावतमा निकै सास्ती थियो । ढल निकासको