१५ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताए । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको थियो ।
१५ वैशाख, काठमाडाैँ । मोटरसाइकल दुर्घटनामा परी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी सिंहको अहिले काठमाडाैँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनी चढेको मोटरसाइकल बिहान १० बजे तिरको समयमा कोटेश्वरमा दुर्घटनामा परेको थियो । उपचाररत सिंहको अवस्था सामान्य नै
१५ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)ले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न रु
१५ वैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्व युवराज्ञी हिमानी शाहको सामाजिक सञ्जाल नभएको बताएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सम्बाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक संजाल नचलाउने बताएको हो । 'निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र
१५ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए । उनले
१५ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराएका हुन् । बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए
१५ वैशाख, गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा
१५ वैशाख, जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन् । जनकपुरधाममा आज समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने
१५ वैशाख, गुल्मी । बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ । गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ । जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म
१५ वैशाख, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल