Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

ओलीको आक्रोशमा पूर्वराजाको जवाफ- हामी सामाजिक सञ्जाल चलाउँदैनाैँ


१५ वैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्व युवराज्ञी हिमानी शाहको सामाजिक सञ्जाल नभएको बताएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै सम्बाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक संजाल नचलाउने बताएको हो ।

‘निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन पनि अनुरोध गरेको छ।’ यस सम्बन्धमा दुई वर्ष अगाडी पनि सचिवालयले यस्तै विज्ञप्ति निकालेर जानकारी दिएको स्मरण गराउँदै शुक्रबारको विज्ञप्तीमा भनिएको छ ।

बिहीबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल भन्दै बिहिबार चेतावनी दिएका थिए। उनले हिमानी शाहको फेक ट्वीटर अकाउन्टबाट पोस्ट भएको सामाग्रीका विषयमा ओलीले रिस पोखेका थिए।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?