Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

ओलीको आक्रोशमा पूर्वराजाको जवाफ- हामी सामाजिक सञ्जाल चलाउँदैनाैँ


१५ वैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्व युवराज्ञी हिमानी शाहको सामाजिक सञ्जाल नभएको बताएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै सम्बाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक संजाल नचलाउने बताएको हो ।

‘निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन पनि अनुरोध गरेको छ।’ यस सम्बन्धमा दुई वर्ष अगाडी पनि सचिवालयले यस्तै विज्ञप्ति निकालेर जानकारी दिएको स्मरण गराउँदै शुक्रबारको विज्ञप्तीमा भनिएको छ ।

बिहीबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल भन्दै बिहिबार चेतावनी दिएका थिए। उनले हिमानी शाहको फेक ट्वीटर अकाउन्टबाट पोस्ट भएको सामाग्रीका विषयमा ओलीले रिस पोखेका थिए।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?