Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

समाचार


अवरुद्ध सडक खुलाउन सेना सक्रिय

१९ वैशाख ,काठमाडौँ । धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ । उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो । उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै

‘आइसिटी डे’ मनाइँदै

१९ वैशाख ,काठमाडौँ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । दिवस मनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

१९ वैशाख ,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने

मोहरेडाँडामा खानेपानीको समस्या

१९ वैशाख ,म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो । समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको

पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

१९ वैशाख ,तुलसीपुर । दाङका सबै पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै सो नीति बनाएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले स्थानीय

एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा

१८ वैशाख ,उर्लाबारी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए । उनका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक

श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन

१८ वैशाख ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको जीवन सुरक्षित हुनुपर्ने बताएका छन् । उनले श्रमिकका सुरक्षाका लागि अत्यावश्यक पर्ने शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्ने बताए । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालद्वारा आयोजित एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा उहाँले श्रमिकले

नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ

१८ वैशाख ,त्रिशूली । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताएका छन् । चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काम ढिलो भइरहेको समयमा आज राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले

जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

१८ वैशाख ,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा आज एक युवकको शव फेला परेको छ । मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : नयाँ नियम ल्याउँदै नेफ्टा

१८ वैशाख ,काठमाडौँ । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) प्राविधिकलाई लक्षित गर्दै सिफ्ट प्रणालीको कार्यान्वयनमा जुटेको छ । यही वैशाख १ गतेदेखि नयाँ नियम ल्याइए पनि लागू गर्ने विषयमा छलफल भइरहेको नेफ्टाका अध्यक्ष पुस्कर लामाले बताए । नेफ्टाले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न प्रयास

सम्वन्धित समाचारहरु