Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

लेखा समितिमा १२१ उजुरी विचाराधीन


१७ जेठ, काठमाडाैँ । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् ।

लेखा समितिको आजको बैठकमा समितिका सचिव एकराम गिरीले नयाँ सदस्य आएपछि थप एउटासहित हालसम्म १२१ उजुरी फछ्र्यौट हुन बाँकी रहेको जानकारी गराए ।

नयाँ संसद आएपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रुपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने बताए ।

समिति सदस्यहरु राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बास्कोटा, रामकृष्ण यादव, योगेशकुमार भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखे ।

समिति सञ्चालन कार्यविधिमाथिको छलफल पनि समितिको आजको बैठकमा चलेको थियो । त्यस्तै, समिति सभापति चयन छिट्टै टुङ्ग्याउने विषय पनि समितिमा उठेको छ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?