२८ भदौ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे । यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त
२८ भदौ, गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठ/१० वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ । हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ । पुरोहितले पूजाआजासहित मन्तर जपेर
२८ भदाै, दार्चुला । महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । दार्चुला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका उनी बेपत्ता भएका हुन् । खलंगाबाट भारतीय बजार जाँदै गर्दा भारतीय प्रहरी एसएसबीले पहिचान खुल्ने कागज पत्र मागेपछि उनले बीच पुलबाटै महाकाली नदीमा हाम फालेको बताइएको छ ।
२८ भदाै, काठमाडाैँ । दिवङ्गत पितृलाई तर्पण, सिदा दान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम)मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास छ । यही
२८ भदौ, खोटाङ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट सात सय ५८ नागरिकले सेवा लिएका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोलटोलमा आयोजना गरिएको घुम्ती शिविरबाट दुई सय ४३ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, दुई सय ९० जनाको
२९ भदाै, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रियसभा बैठक दिउँसो २ः३० बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । सदनको बैठकमा सभामुख र राष्ट्रिसभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको
२८ भदाै, एजेन्सी । म्यान्मारको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ । “हामी विशेष चिन्तित छौं किनकी उनले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन । सैनिक सरकारले उनको जीवनलाई
२८ भदाै, एजेन्सी । सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् । संयुक्त राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तूममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गरेका हुन् । उनले सुडानको द्वन्द्व व्यवस्थापनका लागि जिम्मेवारी दिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसप्रति आभार
२९ भदाै, बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख
२८ भदाै, काठमाडाैँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ