Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

राष्ट्रपतिले भाउजूको हातबाट टीका ग्रहण गर्ने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपति पौडेलले विहान ११ वजेर २ मिनेट जाँदा भाउजु विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आर्शिवाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले भाउजुको हातबाट टिका जमरा र आर्शिवाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ । यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ । ”

उहाँले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधरणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो । टिका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।


प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?