Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

समाचार


अवैध लागूऔषधसहित पक्राउ

७ ,असोज ,काठमाडौँ ।चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाईन्टमा जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंक बहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो पदार्थ ९ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रणको संयुक्त टोलीले बा.प्र ०३-००१ख २५१३ नम्बरको बसलाई जाँच

मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा

७ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताएका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गरे

लागुऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण छ : महानिरीक्षक कुँवर

७ ,असोज ,काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उनले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै सामाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको

सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : बिजुक्छे

७ ,असोज ,दमक (झापा) । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबै जातजाति भाषाभाषीहरूको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन् । कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज झापाको दमक आइपुग्नुभएका अध्यक्ष विजुक्छेले देशका सबै भाषाहरूको संरक्षण गरी भाषिक, सांस्कृतिक रूपमा बलियो देश

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

७ ,असोज ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् । राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रम प्रचण्ड

७ ,असोज ,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप

ऊर्जामन्त्री बस्नेत र वनमन्त्री महतोबीच छलफल

७ ,असोज ,काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच छलफल भएको छ । वन तथा वातावरण मन्त्रालयमा आज भएको छलफलमा वन क्षेत्रको जग्गा प्रयोगका सन्दर्भमा सहमति प्राप्त हुन नसक्दा

एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीको समस्यालाई चाँडो निकास दिनुपर्छ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

७ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीहरूको गुनासो सम्बन्धमा निर्देशन दिनुअघि विद्यार्थीको सम्पूर्ण विवरण र जानकारी सङ्कलन गर्दै पुनः छलफलमा बस्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले विद्यार्थीहरूको गुनासो सम्बन्धमा विद्यमान कानूनी प्रावधान, उनीहरूको माग र परिवेश एवं सम्भाव्यताको

चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

७ ,असोज ,त्रिशूली (नुवाकोट) । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद

७ ,असोज ,बेइजिङ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन् । बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चामत्कारिक आर्थिक प्रगति प्रशंसा गरे । उनले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू

सम्वन्धित समाचारहरु