Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

म्याग्दी कांग्रेसको सम्मेलन स्थगित


१९ ,कात्तिक ,म्याग्दी । नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।

विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुुँदासम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

कांग्रेसको विधानअनुुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुुने तयारी थियो ।

यसैगरी समाजवादी मोर्चा म्याग्दीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पीडितको व्यवस्थापनमा परिचालन हुन आफ्ना नेता, कार्यकर्तालाई आहवान गरेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाका जिल्ला संयोजक रेशमबहादुर जुुग्जालीले शनिबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय विपद्को व्यवस्थापनमा सबै जुट्न अपिल गरेका हुन् ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले भूकम्प प्रभावित क्षेत्रका स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई आवश्यक जनशक्ति, आर्थिक र जिन्सी सहयोग गर्नुपर्ने भएको हुँदा तयार रहन मोर्चामा आबद्ध नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमार्फत मृतकलाई श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?