Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

म्याग्दी कांग्रेसको सम्मेलन स्थगित


१९ ,कात्तिक ,म्याग्दी । नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।

विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुुँदासम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

कांग्रेसको विधानअनुुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुुने तयारी थियो ।

यसैगरी समाजवादी मोर्चा म्याग्दीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पीडितको व्यवस्थापनमा परिचालन हुन आफ्ना नेता, कार्यकर्तालाई आहवान गरेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाका जिल्ला संयोजक रेशमबहादुर जुुग्जालीले शनिबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय विपद्को व्यवस्थापनमा सबै जुट्न अपिल गरेका हुन् ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले भूकम्प प्रभावित क्षेत्रका स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई आवश्यक जनशक्ति, आर्थिक र जिन्सी सहयोग गर्नुपर्ने भएको हुँदा तयार रहन मोर्चामा आबद्ध नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमार्फत मृतकलाई श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?