२४ वैशाख, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन
२४ वैशाख, जनकपुर । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् । शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा
२४ वैशाख, काठमाडाैँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सत्ता साझेदार दलको बैठकले संसद् अधिवेशनको पहिलो दिन नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकपछि
२४ वैशाख, नेपालगञ्ज। नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो । नेपालगन्ज उपमहानगरपालिका–१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उहाँलाई रा१ख २६१७ नंको टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय
२४ वैशाख ,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल देशमा अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामायन्तया सफा रहनेछ । कोशी,
२४ वैशाख ,काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन
२४ वैशाख ,जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । यार्सा सङ्कलनका लागि पातारासीबाट गएका
२४ वैशाख ,काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका
२३ वैशाख ,मुगु । मुगुुको छायाँनाथ रारा नगरपालिका–८ चुुँगा गाउँका दलित समुदायले ४७ वर्षदेखि नजरबन्द जस्तै जीवन बिताउनु परेको गुनासो गरेका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्रको गाउँका बासिन्दा नीति नियम कानुनका कारण समस्यामा परेको बताउँदै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जको स्थापाना विसं २०३२ मा भएको हो । निकुुञ्ज स्थापनापछि
२३ वैशाख ,काठमाडौँ । सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज