Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

खानेपानी आयोजना अलपत्र


२४ वैशाख, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ ।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए । “लिफ्टिङ प्रविधिबाट निर्माण गर्न लागिएको यो आयोजना तीन किलोमिटर टाढा रहेको ढिकुरे रहबाट पानी तानेर वितरण गर्ने गरी सुरु गरिएको हो”, उनले भने, “रिजर्भ ट्याङ्कीसहित चारवटा ट्याङकी निर्माण गर्ने गरी आयोजनाको लागत अनुमान छ ।” टयाङ्की निर्माणको काम भने अहिले उपभोक्ता समितिमार्फत पहिले नै बनेकाले पछिल्लो बजेटबाट पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका काम गर्ने गरी सम्झौता भएको थियो ।”

प्रमुख पौडेलले ठेकेदार कम्पनीले पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काममात्र सम्पन्न गरेको बताए । “काम सम्पन्न गरेअनुसार कार्यालयले अहिलेसम्म ठेकेदार कम्पनीलाई रु एक करोड ३० लाख भुक्तानी गरिसकेको छ”, उनले भने, “त्यसबाहेक रु ११ लाख ठेकेदार कम्पनीले पेश्कीस्वरुप बुझिसकेको छ ।” प्रमुख पौडेलले अझै नियमित काम गरे असार मसान्तसम्म काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।

“कार्यालयका तर्फबाट हप्तामा एकपटक फोन गरेर पनि काम समयमा सम्पन्न गर्न भनेका छौँ”, उनले भने, “टेलिफोनमा मात्र नभएर दुई पटकसम्म त लिखितरूपमा पनि पत्र पठाइसकिएको छ ।” आयोजना निर्माण सम्पन्न भए कार्यालयले आवश्यक विद्युतीकरणका लागि ठेक्का लगाउने तयारी गरिरहेको प्रमुख पौडेलले बताए ।

आयोजनाबाट पँधेरागाउँ, खोलापारि, माथिल्लो आरुबोटे, डाँडागाउँलगायतका क्षेत्रका करिब दुई हजार तीन सय ७७ घरघुरीमा खानेपानी पुर्याउने लक्ष्य रहेको थियो । ठेकेदार कम्पनी नाना जेभीले भने कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ भएको दाबी गरेको उहाँले जानकारी दिए ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?