Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

समाचार


सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

२२ वैशाख, पाल्पा । सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

२२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । किराँतहरूको महान् पर्व उँभौलीको अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था

नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग

२२ वैशाख, काठमाडाैँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पुर्याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै

आज रास्वपाको बैठक बस्दै, सरकारबारे के गर्ला निर्णय ?

२२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी

बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह

२२ वैशाख, लुम्बिनी । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती

बेलायती विशाल ऊर्जा कम्पनीले बढायो नाफा

२२ वैशाख, एजेन्सी । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो । करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन

युक्रेनले पुटिनमाथि आक्रमण प्रयास नगरेको जेलेन्स्कीको दावी

२२ वैशाख, एजेन्सी । युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपतिले खण्डन गरेका छन्। फिनल्यान्ड भ्रमणमा रहेका भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे रूसी दाबीको खण्डन गर्दै भने,“हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ । हामी आफ्नो भूभागका लागि लड्छौँ । हामी हाम्रा गाउँ र सहरहरूको रक्षा

सुडानमा जारी द्वन्द्वका कारण ८ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने

२२ वैशाख, एजेन्सी । युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तूममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ । पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

२२ वैशाख, काठमाडाैँ । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

२२ वैशाख ,काठमाडौँ । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९

सम्वन्धित समाचारहरु