Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

सेनेगल झडपमा नौ जनाको मृत्यु


१९ जेठ, एजेन्सी । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीबार अदालतको फैसला सार्वजनिक हुनेबित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएका थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको,घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीबारको फैसला पछि प्रहरी र प्रदर्शनकारीहरू बीच झडपमात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो,सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको मृत्यु भएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा जानकारी दिएका छन् ।

दुई जना प्रहरी अधिकारीले एएफपीलाई आफ्नो नाम नछाप्ने सर्तमा जिगुइन्चोरमा भएको प्रदर्शनमा कम्तीमा तीन जनाको मृत्यु भएको र राजधानीमा युवा प्रदर्शनकारीले एक प्रहरीलाई ढुङ्गाले हानेर मारेको बताए । बलात्कार अभियोगमा अदालतले उनलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले जनतालाई सडकमा आउन आह्वान गरेको थियो ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?