Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सेनेगल झडपमा नौ जनाको मृत्यु


१९ जेठ, एजेन्सी । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीबार अदालतको फैसला सार्वजनिक हुनेबित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएका थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको,घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीबारको फैसला पछि प्रहरी र प्रदर्शनकारीहरू बीच झडपमात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो,सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको मृत्यु भएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा जानकारी दिएका छन् ।

दुई जना प्रहरी अधिकारीले एएफपीलाई आफ्नो नाम नछाप्ने सर्तमा जिगुइन्चोरमा भएको प्रदर्शनमा कम्तीमा तीन जनाको मृत्यु भएको र राजधानीमा युवा प्रदर्शनकारीले एक प्रहरीलाई ढुङ्गाले हानेर मारेको बताए । बलात्कार अभियोगमा अदालतले उनलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले जनतालाई सडकमा आउन आह्वान गरेको थियो ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?