Trending
>>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


नेपालगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन, भैरहवाको शिलान्याश

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीकोे कार्यालय हैदरावाद हाउसबाट उनिहरुले सो जाँचचौकीको उद्घाटन गरेका हुन् । सहजरुपमा व्यापार प्रवद्र्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ ।

नविल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ वटा शाखा

१८ जेठ, काठमाडाैँ । नविल बैङ्कले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैङ्क स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । बैङ्कले नविल बैङ्क अब तपाईँसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

१८ जेठ, काठमाडाैँ । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् ।

भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले गरे हस्ताक्षर

१८ जेठ, नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा रहेको भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गर्नुभएको कलम भारतका प्रधनमन्त्री मोदीले उपहारमा प्रदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई उपहार स्वरुप

नेपाल र भारतबीच दुबै देशमा मोबाइल बैंकिङ्ग र क्युआर कोड सञ्चालन गर्ने सम्झाैता

१८ जेठ, नयाँदिल्ली । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर

‘राधा’ले तीन विधामा जित्यो अवार्ड

१८ जेठ, काठमाडाैँ। निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ । अमेरिकामा राधाको विशेष शोमा व्यस्त रहेका थापाले  वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेष्ट डाइरेक्टर अवार्ड हात पार्न सफल भएको जानकारी दिए । ‘ला फेमे

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

१८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर

नेपालसँगको सीमा विवाद समाधान हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

१८ जेठ, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् । नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम

नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै

१८ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको जनाइएको

फुकोट कर्णालीको ५१ प्रतिशत शेयर भारतीय कम्पनीलाई दिने सम्झाैता

१८ जेठ, नयाँदिल्ली । नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले हस्ताक्षर गरे

सम्वन्धित समाचारहरु