१ जेष्ठ ,झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो
१ जेष्ठ ,काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाऊ :
१ जेष्ठ ,विराटनगर । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा
१ जेष्ठ ,काठमाडौँ । नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ । महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद डा राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उनको संलग्नता रहेको भनेर नियतबस आरोप लगाइएको भन्दै यस
१ जेष्ठ ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताएका छन् । उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताए । “अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले
१ जेष्ठ ,सिन्धुपाल्चोक । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले आज मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु–१ अम्बाथानमा अवलोकन तथा निरीक्षण गरेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, समिति सभापति दिलकुमारी रावल थापा पार्वती एवं अन्य सदस्यहरू टोलीमा सहभागी थिए । मुहान निरीक्षणपछि कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले मेलम्ची खानेपानी आयोजना
१ जेष्ठ ,देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकि छन् । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले देशको विकास र सुशासनका
१ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि "जेट गठबन्धन" सृजना गर्ने बारे आफू "धेरै सकारात्मक" रहेको र निर्णय "नजिकै रहौको" तर त्यसका निम्ति
१ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उहाँले बढी प्रतिफल प्राप्त हुने आयोजना
१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा