३२ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिएका छन् । बैठकको आकस्मिक समयमा उनीहरुले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण गरिदिनुपर्ने बताए । नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उनीहरुले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न
३२ जेठ, काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । हाल कायममुकायम प्रधानन्यायाधीश रहनुभएका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताए । सिंहदरबारमा आज बसेको समितिको बैठकमा
३२ जेठ, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाएका छन् । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका आलेले पशुपतिनाथमा भएका यी अनियमिताबारे आवश्यक छानबिन गरेर त्यसमा संलग्नलाई कारबाही गर्नुको
३२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे । उनले भने ,“धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस् ।” बैठकमा आकस्मिक समय माग गर्दै सांसद पन्तले
३२ जेठ, तनहुँ । सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको दुई महिना नबित्दै एक महिलाको हत्या भएको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरेको आरोपमा भानु नगरपालिका वडा नं. ५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ दमौलीमा डेरा गरी बस्ने २१ वर्षीय
३२ जेठ, काठमाडाैँ । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त हुनुभएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले सपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई सपथ गराएका हुन् । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको
३२ जेठ, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको
३२ जेठ, काठमाडाैँ । कलाकार मरिचमान श्रेष्ठ पक्राउ परेका छन् । 'बल्छी ध्रुबे' नामले चर्चित कलाकार श्रेष्ठ प्रतिबन्धित अनलाइन बेटिङ एप 'वान एक्स बेट'को विज्ञापन गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार 'वान एक्स बेट'मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८
३२ जेठ, पथरी । पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ । विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन् । ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश
३२ जेठ, मुगु । मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आईन् । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन् । “घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भनिन्, “गाउँमा भोकमरी