Trending
>>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालको पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर) >>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

प्रचण्डले दिए पत्नी सीता दाहाललाई दागबत्ती


२७ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहाललाई दागबत्ती दिएका छन् । हिन्दु संस्कार अनुसार भइरहेको अन्त्येष्टीमा पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन् ।

दाहसंस्कारअघि ब्रह्मनालमा राखिएको सीताको शवमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगर तथा नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सीतालाई राजकीय सम्मान दिने निर्णय गरेको थियो ।

बुधबार बिहान काठमाडाैँ थापाथलीस्थित नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको थियो । उनी नसासम्बन्धी रोगबाट पिडीत थिइन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?