Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

प्रचण्डले दिए पत्नी सीता दाहाललाई दागबत्ती


२७ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहाललाई दागबत्ती दिएका छन् । हिन्दु संस्कार अनुसार भइरहेको अन्त्येष्टीमा पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन् ।

दाहसंस्कारअघि ब्रह्मनालमा राखिएको सीताको शवमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगर तथा नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सीतालाई राजकीय सम्मान दिने निर्णय गरेको थियो ।

बुधबार बिहान काठमाडाैँ थापाथलीस्थित नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको थियो । उनी नसासम्बन्धी रोगबाट पिडीत थिइन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?