६ असार ,काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हुदा सेवा प्रभावित हुँदै आएको बताएका हुन् । “यस मन्त्रालयको देशभित्र र
६ असार ,काठमाडौँ । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताईन् । सरकारका प्रवक्तासमेत
६ असार ,मनहरी । चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी
६ असार, काठमाडाै । सरकारले नसर्ने रोगहरूको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (बुधबार) सूचना जारी गर्दै मुटुरोग, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगहरूको जोखिम कम गर्न र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ । त्यसका साथै
६ असार, एजेन्सी । एली समुदाय नजिकैको ग्यास स्टेशनमा मङ्गलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्। चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए। अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ जसमा एकको अवस्था गम्भीर छ, दुईजना सामान्य घाइते छन् । इजरायल डिफेन्स
६ असार, काठमाडाैँ । संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनक लागि कानुन नबन्दा कार्यान्वयनमा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदहरुले माग गरेका छन् । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय
६ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ पुरन्यको बस्तीमा १०३ घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहान बेलुकीको छाक टार्नुपर्दथ्यो । गरिबीको मारमा पिल्सिएका त्यहाँका दलित दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने बाध्यता थियो । गरिबीबाट
६ असार, काठमाडाैँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाकाे आवश्यकता नभएको बताएका छन् । उनले बुधबार प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा
६ असार, काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको आर्थिक सहयोगमा सङ्घले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५
६ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उनले बुधबार सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उक्त रिटको बिहीबार पेसी