पाटन,ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् । उक्त महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भने ।“हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा
काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ । उक्त रकम गत आ.व.को सोही अवधिको भन्दा रू १७ करोडले बढी हो । कामपाले गत आवको पहिलो चौमासिकमा रू दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व
काठमाडौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौंमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरिएको छ भने गणतन्त्र, सङ्घीयता र
भरतपुर। चितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरद्वारा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । त्यस्तै, पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ देखि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमानमार्फत बदनाम गराउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार साँझ उपेन्द्र देवकोटा र शिव शर्मालाई नियन्त्रणमा लिएको हो । त्यस्तै, महानगर प्रमुख दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १६ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै,आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको
डोटी । डोटीमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा न २ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरूले मंसिर १ गते साँझ
नारायणगढ,चितवन। रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा खान्थे । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा हाल ४५ वटा
काठमाडौं। दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यस्तै, ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको बैठकले राष्ट्रिय भाषा साहित्यतर्फ श्रेष्ठलाई र
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बतयेका छन् । गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठित अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरुसँग आज भएको भेटघाटमा उनले समितिबाट प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने अपेक्षा