Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

चोरी आरोपमा ६ जना पक्राउ


काठमाडाैं। पश्चिम नवलपरासी प्रहरीले शृंखलाबद्ध चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिकाका-१ का अविनाश पङ्गेनी, गुल्मी मुसिकोट नगरपालिका-९ का सुवास विश्वकर्मा, रोल्पा नगरपालिका-३ स्थायी घर भएका मिलन घर्ती मगर पक्राउ परेका छन् ।

त्यस्तै, जनस्वास्थ्य कार्यालयमा चोरी गर्ने रामग्राम नगरपालिका-६ का कृष्ण मोहन अग्रहरी , रामग्राम नगरपालिका-५ का अमृत अग्रहरी र रामग्राम नगरपालिका(७ का रोशन आचार्य पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद १ लाख रुपैयाँ, कम्प्युटर ,मोबाइल तथा चोरी भएका विभिन्न सामग्री बरामद भएको छ भने पक्राउ परेकाहरूलाई चोरी तथा लुटपाटमा मुद्दा चलाउने तयारी छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?