Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

चोरी आरोपमा ६ जना पक्राउ


काठमाडाैं। पश्चिम नवलपरासी प्रहरीले शृंखलाबद्ध चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिकाका-१ का अविनाश पङ्गेनी, गुल्मी मुसिकोट नगरपालिका-९ का सुवास विश्वकर्मा, रोल्पा नगरपालिका-३ स्थायी घर भएका मिलन घर्ती मगर पक्राउ परेका छन् ।

त्यस्तै, जनस्वास्थ्य कार्यालयमा चोरी गर्ने रामग्राम नगरपालिका-६ का कृष्ण मोहन अग्रहरी , रामग्राम नगरपालिका-५ का अमृत अग्रहरी र रामग्राम नगरपालिका(७ का रोशन आचार्य पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद १ लाख रुपैयाँ, कम्प्युटर ,मोबाइल तथा चोरी भएका विभिन्न सामग्री बरामद भएको छ भने पक्राउ परेकाहरूलाई चोरी तथा लुटपाटमा मुद्दा चलाउने तयारी छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?