Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर


चितवन। बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् भने यी अस्पतालमा जनशक्ति, भौतिक पूर्वाधार, उपकरणसमेत थप हुने भएपछि स्थानीयले सहज स्वास्थ्य सुविधा पाउने भएका हुन् ।

त्यसैगरी, स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न कम्तीमा एक सय श्ययाको अस्पताल आवश्यक पर्दछ भने सो अस्पतालकै अभावमा धेरै स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम बन्द भइरहँदा प्रादेशिक अस्पतालमा समेत शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने भएको मन्त्री जोशीको भनाइ रहेको थियो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेशमा स्वास्थ्य मन्त्री भएपछिको सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्न शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी गरिएको बताएका छन् । उनले भने, “प्रदेशको स्वास्थ्य र स्वास्थ्य शिक्षामा यसले फड्को मारेको छ ।”

मन्त्री जोशीले आज यहाँ पत्रकारहरुसँग भने, “अस्पतालको स्तरोन्नति भएसँगै प्रदेशमा कोही उपचारबाट वञ्चित हुनुपर्ने छैन ।” गरिबका लागि निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेशले गरेको उनको भनाइ थियो । यससँगै स्थायी पाँच सय ९९ र करारका एक सय ५९ दरबन्दी थप भएको उनले जानकारी दिए भने उनका अनुसार यी अस्पतालमा अपुग भौतिक संरचना बन्दै जाने छन् ।

उक्त प्रदेश सरकारको पुस ३ गते बसको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताल र भक्तपुरको भक्तपुर अस्पताललाई तीन सय श्यया बनाउने निर्णय भएको छ भने यसअघि ती दुवै अस्पताल एक सय श्यया क्षमतामा सञ्चालन हुँदै आएका थिए ।

उक्त बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई एक सय श्यया बनाउने निर्णय गरेको थियो । त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० श्यया बनाउने निर्णय गरेको हो ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?