१९ ,असोज ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । एमाले पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा उनले विविधतामा एकता खोजेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै समानतामा आधारित एकता र त्यो एकतामा आधारित राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताए । “विविधतामा एकता खोज्नुपर्दछ
१९ ,असोज ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ । विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको
१९ ,असोज ,काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।” जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले भनिन्, “सदनमा आएपछि कानुन निर्माणसँगै आफूले प्रतिनिधित्व गरेको ठाउँको विकास निर्माण गरौ भन्ने थियो, त्यो नसक्ने
१९ ,असोज ,काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हँुदैन ?” विश्व मुस्कान
१९ ,असोज ,काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा
१९ ,असोज ,पाटन (ललितपुर) । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो । समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का
१९ ,असोज ,काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले समिफाइनलमा भिड्दै छन् । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा
१९ ,असोज ,काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर
१९ ,असोज ,महोत्तरी । सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् । बितेको मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि
१९ ,असोज ,गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनि विजयी भएका हुन् । शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त