२५ ,असोज ,मनहरी (मकवानपुर) । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलोदिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गरेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुुभारम्भ गर्दै चेपाङ र
२५ ,असोज ,गोरखा । प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिएको गोरखाको मनकामना मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा विकास गर्न स्थानीयवासीले आग्रह गरेका छन् । मनकामना मन्दिरको सरसफाइ कार्यक्रममा सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग स्थानीयवासीले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न माग गरेका हुन् । मनकामना
२५ ,असोज ,मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका प्रमुख नरहरि घिमिरेले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन् । त्यस अवसरमा प्रदेश प्रमुख सचिवालयका निमित सचिव गोविन्दप्रसाद पौडेल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकारी सहभागी थिए ।
२५ ,असोज ,अछाम । अछामको कमलबजार नगरपालिकामा छ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन । नगर कार्यपालिकाले हालसम्म पनि बजेट पारित हुन नसकेको र राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेका भन्दै यही असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी,
२५ ,असोज ,काठमाडौँ । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज हाडजोर्नी र मांसपेशी दुख्ने समस्या हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल र्युम्याटोलोजी लिग
२५ ,असोज ,काठमाडौँ । संसदीय राजनीतिक व्यवस्थामा संसदीय समितिहरुलाई ‘मिनी पार्लियामेन्ट’ अर्थात् सानो संसद् भनिन्छ । यसमध्ये पनि सबै सुरक्षा निकाय, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ । सो समितिका सभापति रामहरि खतिवडासँग देशको वर्तमान अवस्था र
२५ ,असोज ,रसुवा । वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ । यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भू–भागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पुर्याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ रातह
२५ ,असोज ,मष्टा (बझाङ) । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी
२५ ,असोज ,कास्की । पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक
२५ ,असोज ,मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको