Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

चार राजनीतिक दलद्वारा तालाबन्दी


२५ ,असोज ,अछाम । अछामको कमलबजार नगरपालिकामा छ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।

नगर कार्यपालिकाले हालसम्म पनि बजेट पारित हुन नसकेको र राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेका भन्दै यही असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी मालेले संयुक्तरुपमा ताला लगाएका हुन् । नगरपालिकामा भएको तालाबन्दीका कारण सेवाप्रवाह नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

तालाबन्दी भएको छ दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकामा सर्वसाधारण आक्रोशित भएका छन् । यही असोज २६ गते नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरेको नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

अछामका सबै पालिकामा बजेट पारित भएको महिनौँ बितिसक्दा पनि कमलबजार नगर कार्यपालिकामा बहुमतको दम्भ देखाउँदै बजेट पास भएको छैन । कार्यपालिकामा एमालेको बहुमत छ ।

 


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?